उषाको ९ वर्षपछि अभिनयमा कमब्याक
अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।
‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले ‘कठपुतली’ अभिनयबाट आफुले नौलो अनुभव सँगालेको सुनाइन् ।
‘मलाई भूत–प्रेतप्रति धेरै विश्वास छ र डर लाग्छ’ उनले अगाडि भनिन्, ‘त्यसैले अहिलेसम्म हरर फिल्म हेरेकी छैनन् ।’ त्यही कारणले आफुले हरेक बिहान भगवानको मन्त्रजप्ने समेत गरेको बताएकी उनले रातमा ऐना समेत हेर्न नसक्ने सुनाइन् ।
८ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनलाई यूएनडिपीमा रहेको समयमा फिल्मको अफर मिलेको थियो । कथा र आफ्नो भूमिका मन परेका कारण फिल्म अभिनय गरेको उनले खुलाइन् । उनले ‘वान डे’, ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्ममा उनले यस अगाडि अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण