जय नेपाल ! महाधिवेशनको पूर्वसन्ध्या यस्तो देखियो सानेपामा (तस्बिरहरू)
बिहीबार, २३ मङ्सिर २०७८, १३ : ४१
नेपाली काँग्रेस १४ औं महाधिवेशनको पूर्वसन्ध्या बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा सहभागी हुन नेताहरु पार्टी मुख्यालय सानेपा पुगेका छन् । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना हुँदैछ ।
काँग्रेसका एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको ती नेताको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण