युरोपमा सांगीतिक टुर तय
‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।
‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को छुरमा गायक सुगम पोखरेल, अभिनेत्री वर्षा राउत र गायिका तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुती दिएका थिए ।
अप्रिलबाट जुनसम्म हुने टुरको सुरुवात जापानबाट हुने आयोजक पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । टुरका लागि गायक संजय, दीपक र एड्रीन सहित मेलिना र तृष्णासँग आयोजकले एग्रिमेन्ट समेत गरेको छ । टुरबाट भएको आम्दानकिो ८०% रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई दिइने भएकोले टुरका लागि छानिएका कलाकार कम पारिश्रमिकमा छनौट भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा टुरमा सहभागी हुने गायक गायिका संजय, दीपक, एड्रिन, मेलिना र तृष्णाले टुरमा रहने आफ्नो प्रस्तुतिको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण