ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप
शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ०२

ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ ।
जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो । एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभान्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।
खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप दिने व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?