भरुवा बन्दुकसहित ३ जना पक्राउ
कैलालीमा भरुवा बन्दुकसहित ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरुवा बन्दुकसहित कैलालीको घोडाघोडी नगरपालिका–३ बस्ने बर्ष ३५ को अजय चौधरी, लुल्सीराम चौधरी र वडा नं ५ बस्ने बर्ष ५५ को दयाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अजय चौधरीले चलाएको से ३ प ७७१२ मोटरसाईकल पछाडि दुई जनाले भरुवा बन्दुक थान १, गोली थान ८ र तुलसी राम चौधरी चलाएको से २ प९८७७ नम्बरबो मोटरसाइकल पछाडि सवार दयाराम चौधरीको साथबाट चक्कु १, बन्चरो १, टर्चलाईट २ थान बरामद गरेको प्रहरीले जाएको छ ।
कैलालीको भजनी नगरपालिका–७ हिम्मतपुरस्थित हुलाकी राजमार्गमा खटिएको सीमा सुरक्षा पोष्ट र हिम्मतपुरबाट खटिएको शस्त्र प्रहरी बलको टोली ले पश्चिम बाट पूर्वतिर आइरहेको सो व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी भजनी पठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण