यातायात व्यवसायीका मागप्रति सरकार उदासिन बनेको गुनासो
सरकारले ल्याउने अनेक नीतिलले आफूहरुलाई थप झन्झटमा पारेको गुनासो यातायात व्यवसायीहरूले गरेका छन् । उनीहरूले यातायातमैत्री नीति ल्याउन व्यवसायीले सरकारसँग माग गरेका हुन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शुक्रबार आयोजित २१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा बोल्ने क्रममा उनीहरुले सरकारले विभेद आरोप लगाए । सडकको क्षमता र वस्तुगत अध्ययनबिना नै सवारी साधनहरू आयत गरिँदा स्वदेशी पुँजी बिदेसिएको अवस्था पनि सरकारले ध्यान दिन नसकेको उनको आरोप छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले यातायात क्षेत्रलाई तहसनहस बनाएको आरोप लगाए । राष्ट्रको मेरुदण्डको रूपमा रहेको यातायात क्षेत्रमा व्यवसायीले खर्वौँको लगानी गरेको उल्लेख गर्दै ६० प्रतिशत स्वरोजगार व्यवसायी र ४० प्रतिशत पूर्णकालीन व्यवसायी भएकाले अहिले भ्याटमा जान नसकिने अध्यक्ष श्रेष्ठको बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय ओभरलोड गाडी नियन्त्रणका लागि समानको बिमा गर्नुपर्ने बताउँदै सरकारले तोकेको पुरा भाडा ल्याउन व्यवसायी आफै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण