बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारामा सडक महोत्सब

शनिबार, २५ मङ्सिर २०७८, १२ : ३३
शनिबार, २५ मङ्सिर २०७८

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’भन्ने नाराकासाथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।  

पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्षको अवसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन (रेवान)ले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदै आएकाले यसबर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका बर्षहरुमा जस्तै यसपटक पनि विभिन्न जनसमदुाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए । 

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रर्दशन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ । 

पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्ंथाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको सयंोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयंोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ ।

सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा ब्यवसायीको छ । अंग्रेजी नयाँ बर्षमा विगत दुइदशक देखि पोखरामा सडक महोत्सबको आयोजना गरिदै आएको छ । 
प्रत्येक बर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै आएको आयोजकको दावी छ ।
महोत्सवमा अघिल्लो  बर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप