शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कार्यालय उद्घाटन

शनिबार, २५ मङ्सिर २०७८, २० : ३२
शनिबार, २५ मङ्सिर २०७८

नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटी कार्यालय शनिबार बुटवलमा एक समारोहका बीच उद्घाटन गरिएको छ । बुटवल–८, सुक्खा नगरमा प्रदेश र जिल्ला कमिटीको संयुक्त कार्यालय सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । उनले पार्टी कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन निर्देशन दिए ।

अब छिटै निर्वाचन हुने भएकोले पार्टी संगठन सुदृढ गर्न तथा भ्रातृ संगठनहरुको तथ्यांक व्यवस्थित रुपमा निकाल्न निर्देशन दिँदै उनले पार्टीका दस्तावेजलाई चुस्त दुरुस्त रुपमा राख्नुपर्ने बताए । उनले प्रविधिको उच्चतम प्रयोग गर्न पनि सुझाव दिए ।

कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने जिल्ला अध्यक्ष राजु गुरुङले बताए । सो अवसरमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँ, सिद्धिचरण भट्टराई लगायतले संगठनलाई सुदृढ बनाउन सबैले सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यालय उद्घाटन समारोहमा सहभागी हुन बुटवल आएका सो पार्टीका अध्यक्ष नेपालले शनिबार नै बुटवल–३, ज्योतिनगरमा पुगेर पहिरो निरीक्षण गरेका छन् । सो अवसरमा ज्योतिनगरका पहिरो पीडितहरुले  नेता नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले पहिरो पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र पहिरो रोक्न सरकारले दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप