शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रोल्पामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

शनिबार, २५ मङ्सिर २०७८, २१ : ५५
शनिबार, २५ मङ्सिर २०७८

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु ६३ प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

रोल्पा नगरपालिका–३ गोठमारेस्थित बाटोमा घरभन्दा २५० मिटर दक्षिणमा अचानक मोटरसाइकल दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार मोटरसाइकल बाटोमै पल्टिएको र मृतक गिरी बाटोभन्दा करिब ५० मिटर तल पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले बताएको छ । कच्ची बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप