मतदाता फकाउने शैली : नमस्कारदेखि सेल्फीसम्म (तस्बिरहरु)

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा चुनावको सरगर्मी पुरै छाएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।
मतदानको पूर्वसन्ध्या महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्र भीडभाड छ । एकातिर मतदान स्थल निर्माणको काम धमाधम भइरहेको छ भने कार्यकर्ताहरु उम्मेदवार बनेका आफ्ना नेताहरुको प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरू पनि मतदातालाई रिझाउन प्रतिनिधिहरूसँग हात जोड्दै हिँडिरहेका छन् । देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरू पनि आफ्ना नेताहरुसँग सेल्फी खिच्न पाएर दंग छन् ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र शशांक कोइराला प्यानल नै बनाएर केन्द्रीय नेतृत्वको दौडमा छन् । उनीहरुसँगै विमलेन्द्र निधि, प्रकाशमानसिंह र कल्याण गुरुङले पनि सभापति पदमा दाबेदारी प्रस्तुत गरेका छन् । १३४ वटा विभिन्न पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरुले यतिबेला आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । हेरौँ तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक