शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी प्रदेश अधिवेशन : लुम्बिनी प्रदेश कमिटी सदस्यहरूको शपथग्रहण

सोमबार, २७ मङ्सिर २०७८, १५ : ४९
सोमबार, २७ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले  लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो  २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ ।  प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।  नेतृत्व यही कमिटी भित्रबाट आउने भएको अव शपथग्रहणपछि  पदाधिकारी टुङ्ग्याउने माओवादी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले रातोपाटीलाई बताए ।

प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड)ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।

पदाधिकारी टुङ्गो  अव को केही घण्टामा लाग्ने  माओवादीका नेताहरूले बताएका छन् ।  अहिले २२७ सदस्यीय बनेको छ अव २५३ सदस्यीय प्रदेश कमिटीमा पुर्याउनका लागि सदस्यहरू  प्रदेश कमिटीले मनोनयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप