महाधिवेशनस्थलको सुरक्षा व्यवस्था कडा, थप सुरक्षाकर्मी परिचालन
भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको महाधिवेशन स्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सभागृह र भृकुटीमण्डप आसपासमा प्रतिनिधि बाहेक अन्य काँग्रेस कार्यकर्तालाई त्यहाँबाट सुरक्षाकर्मीले हटाएका छन् । भोटिङ अधिकार नभएकाहरुलाई महाधिवेशन स्थल हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील राठौरले रातोपाटीलाई बताए ।
सभापति र अन्य पदका लागी भृकुटीमण्डप र सभागृहमा तीन ठाउँमा मतदान भइरहेको छ । निर्वाचन समितीले राति ९ बजेसम्म भोट खसाल्न पाउनेगरी समय सीमा तोकेको छ । साँझ साढे ७ बजेसम्ममा ३४ सय ५ मत खसेको छ ।
मतदानस्थलमा साँझ थप ६ सय प्रहरी थप गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट खटिएका बाहेक थप ६ सय प्रहरी परिचालन गरिएको एसपी राठौरले रातोपाटीलाई बताए । मतदान स्थलमा सशस्त्र प्रहरीको संख्या पनि थप गरिएको छ ।
मतदान स्थलको कमाण्ड पोष्टमा काठमाडौंका एसएसपी अशोक सिंह र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सुरक्षा कमाण्ड गरेका छन् । १४ औं महाधिवेशन स्थलको समग्र सुरक्षा कमाण्ड महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण