शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाँकेमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

मङ्गलबार, २८ मङ्सिर २०७८, १३ : ३८
मङ्गलबार, २८ मङ्सिर २०७८

बाँके जिल्लामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ ईन्द्रपुरस्थित सार्वजनिक तलाउमा नुहाउने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीले स्थानीय ठाउँ बस्ने भारत घर भएका ६० वर्षीय रामसुरत मगताको डुबेर मृत्यु भएको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप