चोरी गरिरहेको अवस्थामा कैलालीबाट ४ जना पक्राउ
मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : ३०
कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, सोही ठाउँका उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली, धनगढी–१ कै विवेक साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।
गए राति ३ बजेको समयमा धनगढी–१ कैलाली पुलस्थित रातोपुल बस्ने टेकराज पनेरुले सञ्चालन गरेको उग्रतारा ट्रेडिङ्ग हाउसको ताला फोडेर चोरी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण