‘लभ आज कल’ किन भयो फ्लप ? सारा अली खानले बताइन् कारण
बलिउड उद्योगकी युवा स्टार सारा अली खानले अभिनय र प्रस्तुतीमार्फत् दर्शकको मनमा स्थान बनाउन सफल भइसकेकी छिन् । सारा धेरैजसो पापाराजीको क्यामरामा नमस्ते गर्दै पोज दिइरहेको देखिन्छिन् । बक्स अफिसमा ‘केदारनाथ’ र त्यसपछि फिल्म ‘सिम्बा’ मार्फत् धमाका मच्चाउने सारा अली खानको फिल्म ‘लभ आज कल’ फ्लप भएको थियो । यो फिल्ममा सारा कार्तिक आर्यनसँग मुख्य भूमिकामा देखिएकी थिइन् ।
फ्लप भएको थियो लभ आज कलः
यो रोमान्टिक ड्रामा फिल्मको ओपनिङ त राम्रो भएको थियो तर पछि यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । प्रशंसकका अनुसार सारा अली खानले यो फिल्ममा ओभरएक्टिङ गरेकी छिन् र उनको प्रस्तुती यसमा खासै राम्रो थिएन । सारा अली खान फिल्मको रिभ्यूले खुसी थिइनन् । उनले भनेकी थिइन्, ‘यदि अडियन्सलाई राम्रो लागेन भने यसमा केही त कमी थियो होला ।’
साराले एकपटक पुनः यो फिल्म फ्लप भएकोबारे कुरा गरेकी छिन् । नायिकाले भनिन्, ‘मलाई साँच्चै थाहा थिएन आखिर के गल्ती भयो । यदि दर्शकलाई मन परेन भने यसमा साँच्चै केही कमी भयो होला । तर मलाई इम्तियाज अलीसँगड काम गरेर निकै खुसी लाग्यो । हामी दुबैले निकै इमान्दारिताका साथ काम गर्यौं । सायद दशर्कले मेरो पात्रसँग आफूलाई जोड्न सक्नुभएन ।’
सारा अली खानले थपिन्, ‘मैले जुन काममा मैले आफ्नो शत प्रतिशत दिन सक्दिनँ, त्यसमा म काम गर्न चाहन्नँ । मलाई काम गरेर मज्जा आयो । अब थोरै नयाँ सिक्ने समय आएको छ । सायद मानिसहरुलाई मेरो आवाज थोरै ठूलो लाग्ला । अघि बढ्नु अघि अब म यो सोच्छु कि म आफ्नो कामको विषयमा शत प्रतिशत विश्वस्त नभएसम्म गर्नेछैन ।’
सारा अली खान फिल्म ‘अतरंगी रे’ मा अक्षय कुमार र दक्षिणका सुपरस्टार धनुषसँग देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण