सुशान्त राजपूतकी दिदी श्वेताले अंकिता लोखन्डेलाई दिइन् विवाहको बधाई
भारतकी लोकप्रिय टिभी अभिनेत्री अंकिता लोखन्डे र उनका प्रेमी विक्की जैनले विवाह गरेका छन् । अंकिता र विक्की १४ डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीले विवाह गर्ने बित्तिकै सोसल मिडियामा शुभकामनाको आइरो लागेको छ । अंकिता र विक्कीलाई सेलिब्रिटीदेखि उनका प्रशंसकले बधाई दिइरहेका छन् । यस्तै, दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी श्वेताले पनि अंकिता लोखण्डे र विक्की जैनलाई बधाई दिएकी छिन् ।
सुशान्त राजपूतकी दिदीले दिइन् अंकिता–विक्कीलाई आशिर्वाद
दिवंगत अभिनेता सुशान्त राजपूतकी दिदी श्वेताले अंकिता लोखन्डे र विक्की जैनलाई आशीर्वाद दिएकी छिन् । उनले अंकिता लोखन्डेको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘बधाई । नव विवाहित जोडीलाई आशीर्वाद । श्वेता ।’
नायिका अंकिता लोखन्डेले विवाहपछि विक्की जैनसँगको आफ्नो तस्बिर सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।
अंकिता लोखन्डेको यो पोस्टमा बधाईको ताँती लागेको छ । तीमध्ये सुशान्तकी दिदी श्वेता सिंहको कमेन्टलाई धेरैले याद गरिरहेका छन् । स्मरण रहोस्, विक्की जैनलाई डेट गर्नुअघि अंकिता र सुशान्त सिंह सम्बन्धमा थिए । यद्यपि, यी दुई सन् २०१६ मा अलग्गिएका थिए । सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । त्यतिबेला अंकिता लोखन्डे, सुशान्त राजपूतको परिवारको समर्थनमा उत्रिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण