ब्रह्मास्त्रको कार्यक्रममा रणबीर कपुरले आलिया भट्टको गरे बेइज्जत ? भने, ‘तिमी त पोस्टरमा पनि छैनौ...’
बलिउडका पावर कपल भनिने रणबीर कपुर र आलिया भट्टको फिल्म ब्रह्मास्त्र सन् २०२२ मा रिलिज हुनेछ । यो जोडी पहिलो पटक सिल्भर स्क्रिनमा रोमान्स गरिरहेका छन् । हालै ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चको कार्यक्रम थियो । यतिबेला रणबीर कपुरले आलियासँग ठट्टा गरेका छन् जसलाई धेरैले रणबीरले आफ्नी प्रेमिकाको बेइज्जत गरेको भन्ने आरोप लगाइरहेका छन् ।
स्टेजमा रणबीरले उडाए आलिया भट्टको मजाकः
स्टेजमा फिल्मको प्रोमोट गर्दै रणबीर कपुर र आलिया भट्टको मस्ती पनि चलिरहेको थियो । कार्यक्रमसँग सम्बन्धित एउटा भिडियो भाइरल भइरहेको छ जहाँ रणबीर कपुरले आलियालाई ‘कस्तो महसुस गरिरहेको छौ ?’ भनेर सोधिरहेका छन् । जवाफमा आलिया भट्टले भनेकी छिन्, ‘म निकै भावुक छु । यो एक्साइटिङका साथै भावुक पारिदिने पल हो ।’
आलियाको कुरा सुनेर रणबीर कपुरले ठट्टा गर्दै भने, ‘तर तिमी किन भावुक भइरहेकी छौ ? तिमी त अहिलेसम्म पोस्टरमा पनि देखिएकी छैनौ ।’ रणबीरको यो कुरा सुनेर आलिया भट्ट हैरान हुन्छिन् र त्यसपछि जवाफ दिन्छिन्, ‘किनभने तिमी पोस्टरमा छौ नि बेबी, म भावुक त हुने नै भएँ नि ।’
कहिले होला रणबीर–आलियाको विवाह ?
कार्यक्रममा रणबीरलाई उनको विवाहबारे पनि प्रश्न सोधिएको थियो । रणबीरले आलियासँग यसको जवाफ मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण