प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट
शनिबार, ०३ पुस २०७८, १६ : ४९
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ ।
प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएका थिए । प्रदेश १ का लागि अलिशा खडियाले ५ विकेट लिइन् । यस्तै, संगीता राईले दुई र सवनम राईले एक विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण