मिस तामाङ पोखराको तालिम सुरु
बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्ने मिस तामाङ पोखराको तयारी सुरु गरेको छ । शनिबारबाट सहभागीहरूलाई तालिम दिन सुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैटौँ संस्करण हो ।
तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङले आफ्नो समुदायको भाषा, भेषभूषा संस्कृति नै जातीको अस्तित्व भएको बताउनुभयो । उहाँले यस्तो खालको सृजनात्मक कार्यक्रमले कला संस्कृतिको जगेर्ना गर्न टेवा पुग्ने बताइन् ।
पहिलो दिनको प्रशिक्षण लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले प्रदान गरेका थिए । ४५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक एवम पहिलो मिस तामाङ निमा तामाङले जानकारी दिइन् । प्रतियोगितामा पोखरा औद्योगिक क्षेत्रका अल्जिना तामाङ, सिम्पानीका सन्जु तामाङ, निरा तामाङ, रत्नचोकका रेखा तामाङ, रानीपौवाका पूजा लामा, भेडिफारामका मान्सी तामाङ, हेम्जाका जिया तामाङ, रिठेपानीका पेमा तामाङ र लेकसाइडका आशिका तामाङ सहभागी छन् ।
माघ १५ गते शनिवार पोखरा सभागृहमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने जयन्ती मोक्तानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण