काठमाडौँको तापक्रममा हल्का सुधार
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएको थियो ।
'अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, 'यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिँदै जाँदा चिसो अझ बढ्छ ।'
काठमाडौँमा मङ्सिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो । देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । तराईमा हुस्सु/कुहिरो लाग्ने गरेको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण