‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित
फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले अर्काे रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।
पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए । खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता दोब्बर बनाए । उनले बक्स भित्रबाट सहजै बललाई जाली चुमाए ।
खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३-० को अवस्थामा पुर्याए । काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । खेलको ६८औं मिनेटमा प्रिजेन तामाङले पाएको पेनाल्टी सदुपयोग गर्दै एपीएफको अग्रता ३-१ को अवस्थामा झारे ।
जितपछि ४ अंक बनाएको एपीएफ गोल अन्तरका आधारमा ११ औं स्थानमा छ । पराजित फ्रेण्ड्स २ अंकसहित पुछारमा छ । योसँगै पाँचौ चरणको खेल सकिएको छ । २ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण