विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य सुस्त
तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ । सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान गरिएका अन्य १४ सम्भावित विश्व सम्पदा स्थलको अध्ययन अगाडि बढ्न सकेको छैन । नेपालका दुई सांस्कृतिक र दुई प्राकृतिक सम्पदा स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
सरकारले मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा, खोकना, रामग्राम (बुद्धको अवशेष स्तूप), पनौतीको मध्यकालीन वास्तुकला, पाल्पाको तानसेन दरबार, रिडी, सिञ्जा उपत्यका, दैलेखको भूर्ति मन्दिर परिसर, लोमान्थाङको मध्यकालीन पर्खाल, कीर्तिपुरको मध्यकालीन बस्ती, बज्रयोगिनी र साँखु क्षेत्र, नुवाकोट दरबार, गोरखा दरबार, तिलौराकोट र जानकी मन्दिर गरी १५ स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी पहिचान गरेको थियो ।
पुरातत्त्व विभागका सूचना अधिकारी डा. सुरेशसुरस श्रेष्ठका अनुसार सम्भावित विश्व सम्पदाका लागि पहिचान गरिए पनि स्थानीय चासो र बजेट अभावमा सो क्षेत्रको थप अध्ययन एवं अनुसन्धान अगाडि बढ्न सकेको छैन । विश्व सम्पदामा सूचीकृत हुन आवश्यक तथ्य र प्रमाण जुटाउन अध्ययन र अनुसन्धान निकै महत्त्वपूर्ण हुन्छ । सो कार्यका लागि विशेषज्ञसहितको अनुसन्धान र उत्खनन आवश्यक हुन्छ, जुन बजेटका हिसाबले महँगो हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
-
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण