एमाले अध्यक्ष ओली कपिलवस्तुमा
मङ्गलबार, ०६ पुस २०७८, १० : ०७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।
ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए । अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।
कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए । विभिन्न पार्टीका कार्यकर्ताले एमाले प्रवेश गर्ने भनेर नाम टिपाइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण