चापागाउँमा टेको लगाइएको पुल भाँच्चियाे, टिपर चालककाे मृत्यु
मङ्गलबार, ०६ पुस २०७८, १० : १०
ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो ।
पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियाे । घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण