मधेसी कोटामा विनोद चौधरी जित नजिक
मङ्गलबार, ०६ पुस २०७८, ०५ : ००
नेपाली काँग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गरेका हुन् ।
पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिएका छन् । तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाएका छन् । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौँ स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाएका छन् । छैटौँ स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण