मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

इलाममा पाँचतले घरको छतबाट खस्दा मृत्यु,  हाम फालेको दाबी

बुधबार, ०७ पुस २०७८, ०९ : ३६
बुधबार, ०७ पुस २०७८

इलाम नगरपालिका–८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप