काँग्रेस केन्द्रीय समितिमा ६ जना नवप्रवेशी विजयी
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् ।
३० असोज ०७४ मा काँग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भए पनि उनीसँग आएका पाँचजना भने केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् । लोकतान्त्रिक फोरमबाट काँग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका हुन् ।
केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याए । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।
यसैगरी, थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् । १३ साउन ०७७ मा काँग्रेस प्रवेश गरेका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापाले २४ सय ७२ मतसहित विजयी भएका हुन् ।
राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरे केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण