प्रेमी रोहमनसँग सुस्मिता सेनको ब्रेकअप
शुक्रबार, ०९ पुस २०७८, ०९ : ५३
अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् ।
सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो ।
सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन् । रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए ।
रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ । दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण