काँग्रेसका पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण (फोटोफिचर)
शनिबार, १० पुस २०७८, १२ : ४६

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर ठेउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।
गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रित सदस्यहरु निर्वाचित गरेको थियो । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो