१५ मिनेटमै सकियो महाधिवेशनपछिको पहिलो काँग्रेस केन्द्रीय समिति बैठक
नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार पौने २ बजे सुरु भएको बैठक १५ मिनेटमै सकिएको हो ।
बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा राखेका थिए । उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’

संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ । सोही नियमअनुसार आज केन्द्रीय कमिटी बैठक राखेर भोलि केन्द्रीय कार्यसमिति र ७ वटै प्रदेश कार्यसमितिको सूची निर्वाचन समितिमा बुझाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण