१५ मिनेटमै सकियो महाधिवेशनपछिको पहिलो काँग्रेस केन्द्रीय समिति बैठक

नेपाली काँग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार पौने २ बजे सुरु भएको बैठक १५ मिनेटमै सकिएको हो ।
बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा राखेका थिए । उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’
संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ । सोही नियमअनुसार आज केन्द्रीय कमिटी बैठक राखेर भोलि केन्द्रीय कार्यसमिति र ७ वटै प्रदेश कार्यसमितिको सूची निर्वाचन समितिमा बुझाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द