एक सय वर्षमा पाँचौ पटक भेटियो हिँड्ने माछा, के भन्छन् वैज्ञानिक ?
अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो । यो माछा करिब २२ वर्षअगाडि तस्मानियाको तटमा सन् १९९९ मा देखिएको थियो । यो माछा एक सय वर्षअगाडि पहिलोपटक भेटिएको थियो । त्यसपछि अहिलेसम्म पाँचौँ पटक भेटिएको छ ।

के हो ह्याण्डफिस ?
यो माछाको प्रजाति एंगलरफिस समूहमा पर्छ । यो आकारमा सानो हुन्छ । यसको स–साना हातहरु हुन्छन् । यो माछाले यसको प्रयोग तैरिन र समून्द्रको तल्लो भागमा हिँड्नको लागि प्रयोग गर्छ । वैज्ञानिकका अनुसार पिंक ह्याण्डफिस निकै छोटो हुने भएकाले यसलाई पहिचान गर्न मुश्किल पर्छ । यो केवल १५ सेन्टिमिटरको हुन्छ ।

यसअघि २२ वर्षअगाडि देखिएको थियो त्यसैले यसलाई वैज्ञानिकहरुले खतराको सूचीमा राखेका थिए । तर, यो माछा विभिन्न ठाउँमा गरी १४ वटा भेटिएको छ त्यसैले विस्तारै यसको संख्या बढी हुन सक्ने अनुमान छ ।
फेब्रअरी २०२१ मा अष्ट्रेलियाको मरीनका रिसर्चरहरुले तस्मान फ्र्याक्चर मरीन पार्कस्थित समूद्रको तल क्यामेरा जडान गरेका थिए । महिनौँपछि फुटेज जाँच गर्दा पिंक ह्याण्डफिश भेटिएको थियो । यस मरीन पार्कमा वैज्ञानिकहरु विभिन्न प्रकारका अनुसन्धान गर्ने गर्छन् । त्यहाँ पानीको गहिराई ४ हजार मिटर छ ।

वैज्ञानिकका अनुसार यो प्रजातिको माछा १५ देखि ४० मिटरको गहिराईमा भेटिन्छ । यसपटक यो माछा १२० मिटर तल भेटिएको हो । प्रोफेसर नेविल ब्यारेट भन्छन्, ‘यस माछा अघिल्लो शताब्दीमा केही मात्र देखिएका थिए । त्यसैले यो प्रजातिको माछा अत्यन्त दुर्लभ छ । यो लोप हुने अवस्थामा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण