बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै
बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिका–७ र ८ मा पर्ने कालीढुङ्गा र घर कट्टयामा फलामखानी रहेको बताइन्छ । उक्त क्षेत्रको सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट खानी तथा भूगर्भ विभागको टोली आएको हो । सुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए ।
उनले भने,“वस्तुस्थिति अवलोकन गरिसकेका छौँ, सम्भ्याव्यता अध्ययनमा छौँ, पहिला फलाम उत्खनन गरिएका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौँ र त्यसपछि जमिनमुनि फलाम रहे नरहेको बारे अध्ययन हुन्छ ।” भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसिसटेन्ट र म्याग्नेटियम तरिकाबाट अध्ययन हुने जानकारी दिए । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ। भूगर्भविद्को टोलीले तयार पारेको प्रतिवेदनअनुसार फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया सुरु हुने बताइएको छ ।
फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने वडा नं ८ वडाध्यक्ष जनकबहादुर विष्टले बताए । सम्भाव्यता अध्ययनका लागि विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी आइपुगेको हो । उक्त टोलीमा जियोलोजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण