जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने

बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ । सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो । सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्की समेत दिएका छन् । यता सिरहामा पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरूलाई अदालतबाट तारेखमा रिहा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ