जनमत पार्टीले बुधबार धनुषामा चक्काजाम गर्ने
बुधबार धनुषामा जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ । सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन् ।
सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको बिउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो । सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारबाही गर्ने धम्की समेत दिएका छन् । यता सिरहामा पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरूलाई अदालतबाट तारेखमा रिहा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण