काँग्रेसको १६ जिल्लाको अधिवेशन सर्यो
बुधबार, २१ पुस २०७८, ११ : ०४

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो । काँग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबार हने उल्लेख गरेका छन् । काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिरहा र महोत्तरीमा विवाद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार