होटल बसेरामा शेखर कोइराला पक्षको बैठक, तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ पुस २०७८, १५ : १९
काँग्रेस नेता शेखर कोइराला पक्षको बैठक सुरु भएको छ । सिंहदरबारस्थित होटल बसेरामा बैठक सुरु भएको हो । बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी रहेका छन् । बैठकमा गत महाधिवेशनका समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए । कोइराला पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए भने देउवासँग पराजित बनेका थिए । यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण