कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
शनिबार, २७ असार २०८३, १३ : ४७
कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् ।
पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण