एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा

नेकपा एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । पदाधिकारी र केही सदस्य पदमा सहमति नजुटेपछि भएको निर्वाचनबाट शर्मा निर्वाचित भएका हुन् । उनले २ सय ३८ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर कार्कीले बताए ।
यसैगरी उपाध्यक्षमा विश्राम प्रसाद चौधरी ३ सय ४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी हिरालाल पौडेलले १ सय ६६ मत पाए । सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित भएका छन् । मत गणनामा विवाद भएपछि पुन गणना भएको थियो । गहतराजले १ सय ७८ मत प्राप्त गर्दा विश्व कार्कीले १ सय ७६ र भेषराज पाण्डेले १ सय ६० मत पाएका थिए ।
सहसचिवमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनबहादुर केसीले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी सहसचिव पदमा सुशीला दर्लामी निर्विरोध निर्वाचित भएकी थिइन् । शनिवारदेखि मतदान प्रक्रिया सुरु भएपछि खुला सदस्य, ८ पालिकाको भूगोलतर्फको सदस्य निर्विरोध चयन भएको निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताए । कुल ५ सय ५२ प्रतिनिधि मध्ये ५ सय २७ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारा पुगेर माधव नेपालले भनेका थिए – सरकारले बुद्धि पुर्याओस्, भ्रष्टाचार नियन्त्रण गरोस्
-
मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै
-
कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
सहमतिको नाममा वाईसीएलको बन्दसत्र बन्धक, निर्वाचन कार्यतालिका प्रभावित
-
इतिहासमै पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, झलनाथले भने– धेरै दुःखद घटना
-
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण