शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

इरानप्रति समर्थन जनाउँदै इजिप्टका प्रशिक्षकले भने– ‘सबै टोलीप्रति समान व्यवहार गरियोस्’

शुक्रबार, १२ असार २०८३, १२ : ००
शुक्रबार, १२ असार २०८३

अमेरिका । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा विश्वकपमा सहभागी सबै टोलीलाई समान व्यवहार गरिनुपर्ने बताएका छन् । उनले प्रतियोगिताका सह–आयोजक अमेरिका द्वारा इरानमाथि लगाइएका यात्रा तथा खेल तालिका सम्बन्धी प्रतिबन्धको आलोचना भइरहेका बेला यस्तो बताएका हुन् ।

इरानी टोलीका लागि कुनै सन्देश छ कि भनेर पत्रकारले सोध्दा हसनले भने, ‘विश्वकप खेल्ने अधिकार प्राप्त सबै टोलीप्रति मेरो सम्मान छ ।’

शुक्रबार हुने समूह चरणको अन्तिम तथा निर्णायक खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले थपे, ‘फिफाले सम्मान र निष्पक्ष खेलको भावना अघि बढाउँछ । त्यसैले सबै टोलीले समान व्यवहार पाउनुपर्छ ।’ उनले भने, ‘सम्मान र निष्पक्ष खेलको अर्थ सबैले सबैको सम्मान गर्नु र सबैप्रति समान न्याय हुनु हो । त्यसैले म हामी सबैलाई शुभकामना दिन्छौं । इरानी टोलीप्रति मेरो धेरै सम्मान छ ।’

हसनले अमेरिकी आयोजकको प्रत्यक्ष आलोचना नगरे पनि प्रतियोगितामा सहभागी अर्को टोलीबाट इरानप्रति खुलेर समर्थन व्यक्त गरिएको यो दुर्लभ उदाहरण हो ।
इरानले आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा राखेको थियो, जबकि उसका सबै खेलहरू अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भएका थिए । इरानी खेलाडी र अफिसियलहरूलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइन्थ्यो र खेल सकिएलगत्तै देश छाड्न निर्देशन दिइन्थ्यो ।

तर सियाटलमा इजिप्टविरुद्धको खेलअघि अमेरिकी अधिकारीहरूले केही प्रतिबन्ध खुकुलो बनाएका छन् । त्यसअनुसार ‘टिम मेल्ली’लाई खेल हुनुभन्दा दुई दिनअघि सहरमा पुग्न अनुमति दिइएको छ ।

इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले बिहीबार अमेरिकी यात्रा नीतिले आफ्नो टोलीको तयारी र खेलाडीहरूको शारीरिक अवस्थामै असर पारेको दोहो¥याए । उनले पत्रकारहरूसँग भने, ‘हामी यी सबै कुरालाई पछाडि छोड्नेछौँ । हामी यी सबै चुनौती पार गर्नेछौँ ।’

‘हाम्रो अधिकारबाट वञ्चित गरियो’
अल जजिराले सियाटलमा खेल हुनुभन्दा दुई दिनअघि पुग्न पाएकोबारे प्रश्न गर्दा घालेनोईले भने, ‘यो हाम्रो अधिकार थियो । अघिल्ला दुई खेलमा पनि हामीले यही सुविधा पाउनुपथ्र्यो, तर समयमै पुग्ने हाम्रो अधिकारबाट हामीलाई वञ्चित गरियो ।’

बिहीबार छुट्टाछुट्टै आयोजित पत्रकार सम्मेलनमा घालेनोई र हसन दुवैले एकअर्काको टोलीप्रति सम्मान व्यक्त गरे ।
घालेनोईले भने, ‘हामी निकै खुसी छौँ कि आज दुई प्राचीन सभ्यता भएका र आफ्नो देशप्रति गर्व गर्ने टोलीहरू आमनेसामने हुँदैछन् ।’

उनले आफ्नो टोलीले केवल इजिप्टका स्टार मोहम्मद सलाहलाई रोक्ने रणनीतिमा मात्र ध्यान नदिने बताए । उनका अनुसार इजिप्टसँग मैदानका सबै भागमा प्रभावकारी खेलाडी छन् । उनले भने, ‘हामी विश्वास गर्छौँ कि इजिप्ट निकै व्यवस्थित र योजनाबद्ध टोली हो । सलाहका अतिरिक्त उनीहरूसँग धेरै उत्कृष्ट र चर्चित खेलाडी छन् ।’

बराबरीले इजिप्टलाई पुग्न सक्छ
इजिप्ट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । इरानविरुद्ध बराबरी खेले पनि उसले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । इरान दुई अंकसहित दोस्रो स्थानमा छ । बेल्जियमको पनि दुई अंक छ भने न्युजिल्यान्डको एक अंक छ ।

बराबरीले पनि अर्को चरणमा पुग्न सक्ने सम्भावना भए पनि प्रशिक्षक हसनले आफू कुनै हिसाबकिताबमा नभई जितकै लक्ष्य लिएर मैदानमा उत्रिने बताए ।

इजिप्टले सोमबार न्युजिल्यान्डलाई ३–१ ले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो । त्यसपछि इजिप्टभर व्यापक उत्सव मनाइएको थियो । हसनले इजिप्टका समर्थकलाई सन्देश दिँदै भने, ‘हामी तपाईंहरूलाई खुसी बनाउन चाहन्छौँ । इजिप्टभर हामीले देखिरहेको र सुनिरहेको खुसीको तपाईंहरू पूर्ण रूपमा हकदार हुनुहुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप