एमाले ताप्लेजुङकाे अध्यक्षमा भुपेन्द्र थेवे विजयी
एमाले ताप्लेजुङकाे अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै थेवे विजयी भएका हुन् । ६३५ मत खसेकाेमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए । थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन् । नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए ।
उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए । सचिव पदमा केशरकुमार मेन्याङबो विजय भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजय भएका छन् ।
खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् । थेवे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा, नन्दलाल गौतम र कुलमणि दाहाल विजयी भएका छन् ।
साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भएका छन्बि ।
६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण