भारतीय र नेपाली नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ
नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका –१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोधन गाँउपालिका –२ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।
उनीहरुलाई नवलपरासीको रामग्राम नगरपालिका– ५ बुद्धचोकबाट पक्राउ गरिएको र उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरुविरुद्ध मुद्रा सम्बन्धी (नक्कली नोट) कसुरमा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण