बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेपत्ता

बिहीबार, २९ पुस २०७८, १० : ३१
बिहीबार, २९ पुस २०७८

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ ।

काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए । बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप