फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ, नेपाल ल्याइयो
उदयपुरमा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका–६ घर भएका ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट पक्राउ गरेर बुधवार काठमाडौं ल्याएको प्रहरी प्रवक्ता (डिआइजी) मुकुन्द राज आचार्यले रातोपाटीलाई बताए ।
प्रहरी प्रधान कार्यालयको ईन्टरपोल शाखामार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि उनि बिरुद्ध २०७७ माघ २६ मा रेड नोटिस जारी गरिएको थियो । कर्तव्य ज्यान मुद्दामा फरार गोबिन्द मगरलाई इन्टरपोलको सहयोगमा साउदी अरेबियामा पक्राउ गरेपछि नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले नेपाल ल्याएको हो ।
मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति जारी भएको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालयले रेड नोटिस जारी गर्नका लागी पत्राचार गरेको थियो । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा पठाएको डिआइजी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण