गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा १६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७७ जना महिला र ८८ जना पुरुष रहेका छन । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।
शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४, बुधबार १२१ र बिहीबार थप १६५ जनामा संक्रमण देखिएको हो । शुक्रबारदेखि बिहिबार सम्मको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको सहजै अनुमान गर्न सकिन्छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ११५, बागलुङ ६, स्याङजा ३, म्याग्दी ३,पर्वत १,लमजुङ २, तनहुँ ५ र नवलपरासी पूर्वमा ३० जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ०४६ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १९ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ०३ पुगेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ५८ हजार २८८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ५९७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५६९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण