अर्को साता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने
आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजले जनाएको छ ।
पृथ्वीको नजिक आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।
७४८२ (१९९४ पीसी १)ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई शताब्दिसम्म पृथ्वीको नजिक आउने सबैभन्दा नजिकको क्षुद्रग्रह यही हो ।
यो पृथ्वीलाई हानी गर्ने गरी आउन लागेको सबैभन्दा ठूलो क्षुद्रग्रह होइन । ३१२२ फ्लोरेन्स (१९८१ इटी ३) नाम दिइएको एउटा क्षुद्रग्रह सन् २०१७ सेप्टेम्बर १ तारिखमा पृथ्वीको निकै नजिकबाट गुज्रिएको थियो । त्यो नजिकैबाट आयो तर २०१७ को सेप्टेम्बरमा पृथ्वीमा ठोकिनबाट जोगिएको थियो । उक्त छुद्र ग्रह अनुमानित २.५ माइलदेखि ५.५ माइलसम्मको फरकमा भएकामे अनुमान गरिएको छ । यसले सन् २०५७ सेप्टेम्बर २ तारिखमा पुनः यात्रा गर्ने बताइएको छ ।
यसैबीच ७४८२ (१९९४ पीसी १) लाई नांगो आँखाले भने देख्न सकिन्नँ । सौखिन खगोलविद्ले सानो दुरबीनको सहायतामा यसलाई देख्न सक्ने अर्थस्काई डट कमले जनाएको छ ।
यो वर्षको सेप्टेम्बरमा नासाको एयरक्राफ्टलाइ जानीजानी छुद्रग्रहसँग ठोकाइएको थियो । यसलाई एक छुद्र ग्रहले हान्दा हुने अवस्था पत्ता लगाउन यसो गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
-
‘च्याटजीपीटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण