कोभिडले बन्द भयो अमिताभ बच्चनको काम
कोरोना भाइरसको तेस्रो लहरमा संक्रमित बिरामीको आंकडा लगातार बढिरहेको छ । यसैका कारण स्थिति खतरनाक अवस्थामा पुगेको छ । कोरोना संक्रमित बिरामीको संख्या दैनिक साढे दुई लाख नाघ्दै आएको छ । यस पटक कोरोनाको असर रोजगारीमा देखिन थालेको छ । कोरोना भाइरसको तेस्रो लहरको मार बलिउडका महानायक अमिताभ बच्चनलाई पनि परिरहेको छ । किनकि अमिताभ बच्चनको काम बन्द भएको छ । यो कुरा उनले स्वयं सोशल मीडियाको माध्यमबाट आफ्ना फ्यानहरुलाई जानकारी गराएका हुन् । अमिताभ बच्चनले सोशल मीडियामा एक पोस्ट सेयर गरेका छन् जसमा उनले आफ्नो काम बन्द भएको उल्लेख गरेका छन् । हाल उनको शरीरमा एउटा चिजको मात्रै वृद्धि भइरहेको उल्लेख गरेका छन् ।
उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर सेयर गरेका छन् । यो तस्बिरमा अमिताभ बच्चनले आफ्नो अनुहार जूम गरेर देखाएका छन् । जसमा अभिनेताको अनुहारको चाउरी परेको समेत स्पष्ट देखिएको छ । यो तस्बिरमा अभिनेताको अनुहारको मुस्कान पनि देख्न सकिन्छ । तस्बिरमा आँखा पनि धेरै नै चम्किरहेको छ ।
यो तस्बिरसँगै अमिताभ बच्चनले क्याप्सनमा आपूmसँग अब कुनै काम नभएको उल्लेख गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘काम साम सबै बन्द छ, केबल दाह्री मात्रै बढिरहेको छ ।’ अमिताभ बच्चनको यो पोस्ट फ्यानकाबीच व्यापक भाइरल भरहेको छ ।
यो तस्बिरमा केही घण्टाको अन्तरमै ३ लाख ९० हजार भन्दा बढी लाइक आइसकेको थियो र यो संख्यामा लगातार वृद्धि भइरहेको छ । यो तस्बिरमा बिपाशा बसुले टिप्पणी गरेकी छन्, ‘सो क्यूट ।’
उनको आगामी दिनलाई हेर्ने हो भने उनका कयौँ ठूला फिल्म आउने वाला छन् । उनको आगामी फिल्महरु ब्रम्हास्त्र, झुंड, रन वे, द इन्टर्न र गुड ब्याये समावेश छन् । तर कोरोनाका कारण उनी सुटिङ गरिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण