हत्यामा संलग्न भई फरार एक जना नौ वर्षपछि पक्राउ
हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ ।
उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबीच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए ।
अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो । उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकामा कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण