जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित
जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे । कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसनमा भएकाले इन्सपेक्टर पौडेल बैठकमा पुगेका थिए ।
प्रहरीलाई सम्मानित गर्दै जिल्ला न्यायाधीश सापकोटाले कपिलवस्तु प्रहरीले कुशल नेतृत्व पाएको र कानुन कार्यान्वयनमात्र नभई अनुसन्धानमा अब्बल काम गरेको बताए । ‘जिल्लामा तपाईंहरुले गज्जबको नेतृत्व पाउनुभएको छ । टिम र नेतृत्व गज्जबको छ । एसपी (कार्की) सापको यो नेतृत्वबाट तपाईहरुले क्षमता अभिवृद्धिमा लाभ लिने, सिक्ने कुरा पनि धेरै छन्,’ न्यायाधीश सापकोटाले भने ।
६ महिनामा ५७७ जना पक्राउ
जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि यो आर्थिक वर्षको ६ महिनामा जिल्ला अदालतको सजाय छलेर फरार ‍५७७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । ३२ लाख ४२ हजार ८३२ रुपैयाँ जरिवाना असुली भएको छ ।
फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै जिल्ला अदालतले ५ माघमा प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार शुक्रबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायधीश सापकोटाले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण