मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क
संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ ।
मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुँगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।
सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।
नशाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी
प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’
संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव
मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।
मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण