तेह्रथुममा तपाईको मास्क खै ? कार्यक्रम प्रभावकारी
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउने सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो ।
बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिंड्ने एक सय ३० जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि १४ माघसम्म अत्यावश्यकबाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिएपछि यही १३ माघसम्म अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण