गाई काटेको आरोपमा दुई जना पक्राउ
आइतबार, ०९ माघ २०७८, १३ : २०
रोल्पामा गाई काटेको अभियोगमा गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण